शनिबार, फागुन १२, २०८०

बाँकेवासीको वर्षौंको सपना साकार, नेपालगन्ज-पोखरा हवाई उडान सुरु

नेपालखोज २०७८ साउन १७ गते १९:४९
साँकेतिक तस्बिर

काठमाडौं । पर्यटन प्रवर्द्धन विकासका लागि बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज-पोखरा उडान सुरु गरेको छ । पश्चिम क्षेत्रको बाँके, बर्दियालाई र पोखरा लक्षित गरि उडान सुरु गरिएको हो ।

बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रुसहित उडान भरेको छ । नेपालगन्ज बासीको बर्षौदेखिको प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान सुरु भएको छ । पर्यटन प्रवर्द्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भब्य स्वागत गरिएको छ ।

अबिर र गम्छासहित स्वागत गर्न पर्यटन प्रवर्द्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले बताएको छ ।

भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ । यस अघि दोस्रो पटक निषेधाज्ञा सुरु हुनु भन्दा अघि नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँगको समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो । पोखरादेखि नेपालगन्जसम्म सजिलै जान सकिने भएकाले यो उडान अति अवश्यक रहेको यात्री गोविन्द झाले बताए ।

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ । नेपालगन्ज पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिष पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताए । नेपालगन्जदेखि पोखराको उडान समय पनि ३५ देखि ४० मिनेटको हुन सक्ने क्याप्टेन पुनले बताए ।

उडानको सुरुवात भएकोमा खुसी हुँदै नेपालगंजका व्यवसायीले यात्रु, बिमानका पाईलटसहितका कर्मचारीलाई स्वागत गरेका छन् । साथै बुद्ध एयरले उडानसंगै टुर प्याकेजसमेत सार्वजनिक गरेको छ । बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना १० हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि १३ हजर ४ सय ९९ रुपैयाँ बाट सुरु भएको छ ।

प्रतिक्रिया