शुक्रबार, वैशाख १४, २०८१

इजरायलको आरोप इरानद्वारा इन्कार, रोकिएन छाया युद्ध

दुई मुलकबीच न्युक्लियर कार्यक्रमको विषयलाई लिएर समय-समयमा विवाद चर्किने गरेको छ ।

नेपालखोज २०७८ साउन १८ गते ७:१०

काठमाडौं । तेल ट्यांकरमाथिको आक्रमणमा इरान दोषी रहेको इजरायलले आरोप लगाएको छ । पछिल्लो समय इरानले अप्रत्यक्ष रुपमा आक्रमण गर्दै इजरायली संरचनामाथि क्षति पुर्‍याएको इजरायलको दाबी छ ।

बिहीबार मात्रै ट्यांकरमाथि हमला हुँदा दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा एक बेलायती र अर्का रोमका नागरिक छन् । घटना एमबी मर्सर स्ट्रिट अरब सागरस्थित किनारमा ओमाननजिक भएको बताइएको छ ।

यता इरानले इजरायलको आरोपको खण्डन गरेको छ । उसले अरब सागरस्थित तेल ट्यांकर हमलामा इरानको संलग्नतालाइ अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

इजरायल र इरानबीच लामो समयदेखि छाया (अप्रत्यक्ष) युद्ध हुँदै आएको छ । दुई मुलकबीच न्युक्लियर कार्यक्रमको विषयलाई लिएर समय-समयमा विवाद चर्किने गरेको छ । जसका कारण विभिन्न विषयमा दुई मुलुकबीच तनाव बढ्ने गरेको छ । इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानबाहेकका अरब मुलुकहरु आफ्ना मित्रराष्ट्र रहेको बताएका थिए ।

प्रतिक्रिया