मेलम्चीमा फेरि बाढी, दुई दर्जन बढी घर बगायो

नेपालखोज २०७८ साउन १८ गते ९:४०
फाइल फोटो

काठमाडौं । लगातारको वर्षाका कारण मेलम्चीमा फेरि बाढी आएको छ । शनिबारदेखि लगातार आएको बाढीले हालसम्म दुई जर्दन बढी घर बगाएको छ । लगातार आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका पक्की र कच्ची गरि झण्डै दुई दर्जन बढी घर बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छन्। असार १ गतेको बाढीले बाँकी राखेका घर तथा अन्य संरचनाहरुमा क्षति पुर्याएको हो।

मेलम्चीमा अहिले पनि पानीको बहाव बढिरहेको छ । बाढीको उच्च जोखिममा ग्याल्थुम बजार र ढुंगे बजार छन् । गत असार १ को बाढी पसेर लेदो भरिएको घरहरु सफा गर्न नपाउँदै बस्तीमा फेरि बाढी पसेको छ ।

प्रतिक्रिया