सुनको भाउ घट्याे
नेपालखोज
२०७८ साउन १८ गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ८५ रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया