शनिबार, वैशाख १५, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेपालखोज २०७८ साउन १८ गते ११:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजेका लागि तय भएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित भएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी थियो । यसअघि आइतबार पनि पार्टीको स्थायी समिति बैठक बसेको थियो ।

प्रतिक्रिया