शनिबार, वैशाख ८, २०८१

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिमाबापत दाबी रकम हस्तान्तरण

नेपालखोज २०७८ साउन १८ गते १४:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बिमाबापत बिमा दाबी रकम हस्तान्तरण गरिएको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपाको गत फागुन ८ गते निधन भएको थियो ।

उनले दुईवटा सामान्य र एउटा मौसमी गरी तीनवटा ऋण उपभोग गरेकी थिइन् । शुक्रबार नेपालगन्ज ४, बौद्ध मार्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बिमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण एक लाख ५८ हजार तीन सय ५१ कट्टा गरी केन्द्रीय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोजबहादुर खड्काको समन्वयमा रुपाका पति रवि परियारलाई चार लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बिमाबापतको चेक हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा खड्काले आफूहरुले बिमा दाबीबापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम वैशाखमै बिमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकाले कोभिडका कारण ढिलाइ भएको बताएका छन् ।

प्रतिक्रिया