शुक्रबार, वैशाख २८, २०८१

असोज ६ देखि ‘नाडा ईभी एक्सपो २०२२’ हुने

नेपालखोज २०७९ साउन २६ गते १८:०१

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज (बिहीबार) बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलोपटक नाडा ईभी एक्सपो २०२२ गने निर्णय गरेको छ ।

‘नाडा ईभी एक्सपो २०२२’ असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मका लागि विस्तार गरेपछि नाडाले ईभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि अटो एक्सपो गर्दै आएको छ । भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समिति सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया