बिहीबार, वैशाख १३, २०८१

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बर्दियाको जोगीगाउँमा

नेपालखोज २०७८ साउन १९ गते ७:०७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले बर्दियाको बारबर्दिया नगरपालिका, जोगी गाउँबजारमा यही साउन १५ गतेबाट १११ औं शाखारहित बैंकिङ सेवाप्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना १८९ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया