शुक्रबार, चैत १६, २०८०

मेलम्चीको बाढीले गएराति ७ घर बगायो

रासस २०७८ साउन १९ गते ९:२३

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची ११ का सातवटा घर बगाएको छ ।

यसअघि नै बाढीले कटान गरेका घरहरू सोमबार राति बगाएको हो । मेलम्ची ११, पिपलबोटका हरिशरण श्रेष्ठसहितको ६ वटा र पुरानो बजारको एक घर बगाएको स्थानीय नेत्र खड्काले जानकारी दिए ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर-टहरा बगाएको छ ।

हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची १२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा पारेको छ ।

गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा छ । -तस्बिर रासस

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया