प्रतिनिधिसभाको बैठक १ बजे, यस्ता छन् कार्यसूची !
नेपालखोज
२०७८ साउन १९ गते १०:१३

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आठौं अधिवेशनको छैटौं बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूची छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष ०७६/७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ ।
दोस्रो कार्यसूचीमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र २ बाट निर्वाचित सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाली कांग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया