शुक्रबार, वैशाख १४, २०८१

नेप्से २६ अंकले बढ्यो, ११ अर्ब ५२ करोडको कारोबार

नेपालखोज २०७८ साउन १९ गते १५:४९

काठमाडौं । नेप्से पुनः ३१ सय अंक नाघेको छ । अघिल्लो दिन चार दशमलव छ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २६ दशमलव दुई अंकले बढेर तीन हजार एक सय ११ दशमलव नौ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव छ अंकले बढेर पाँच सय ७७ दशमलव ५२ अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय २० पटकको कारोबारमा दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ७४ रुपैयाँ ६६ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा विकास बैंक र सामूहिक लगानी कोष समूहरुको सूचक सामान्य अंकले घटेका छन् भने बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ३४ अंकले बढेर दुई हजार ९८ दशमलव ४१ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय १९ दशमलव २८ अंकले बढेर १८ हजार ८९ दशमलव आठ अंकमा चढेको छ ।

लघुवित्त समूहको सूचक पनि दुई सय २१ दशमलव ५७ अंकले बढेर पाँच हजार नौ सय ८२ दशमलव ६२ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ६० दशमलव ९२ अंकले बढेर १४ हजार सात सय ९१ दशमलव ६८ अंकमा चढेको छ ।

यीबाहेक विकास बैंक, जलविद्युत, लगानी, उत्पादनमुलक, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् । आज पाँचथर पावर कम्पनीको प्र्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ९५ रुपैयाँमा कारोबार हुँदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ७९ प्रतिशतले घटेर १९ हजार छ सय दुई रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय १३ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ८२ लाख १७ हजार ९० रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया