काठमाडौंमा सभा, सम्मेलन र जुलुस गर्न पूर्ण रोक, गरेको पाइए कडा कारबाही गरिने चेतावनी

नेपालखोज २०७८ साउन १९ गते १७:०१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि प्रकारका सभा, सम्मेलन, सभा र जुलुस गर्न पूर्ण रोक लगाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्ति जारी गर्दै पछिल्लो समय भीडभाड हुने क्रियाकलापले कोरोना संक्रमण बढ्दै गएको भन्दै यस्तो कार्य गर्न पूर्ण रोक लगाइएको छ ।

भीडभाडयुक्त गतिविधिले कोरोना संक्रमण अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले आग्रह गरेका छन् ।

जारी निषेधाज्ञा अन्तर्गत निषेध गरिएका क्रियाकलाप गरेमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया