७ करोड बिगोसहित मोबाइल व्यवसायीविरुद्ध मुुद्दा दायर

नेपालखोज २०७८ साउन १९ गते १९:१९

ललितपुर । सात करोड रुपैयाँ बिगोसहित मोबाइल व्यवसायीविरुद्ध मुुद्दा दायर भएको छ । राजश्व अनुुसन्धान विभाग हरिहर भवन पुल्चोकका अनुसार मोबाइलजन्य वस्तुको अवैध कारोबार गर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ स्थायीवासी एभरेष्ट मोबाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवालीविरुद्ध सोमबार उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरिएको हो ।

मोबाइल व्यवसायी ज्ञवालीविरुद्धको सात करोड ३७ लाख ७५ हजार पाँच सय ७६ हजार रुपैयाँ विगो बिगो र कैद सँजायको मागदाबी गरिएको छ ।

मोबाइल व्यवसायी ज्ञवालीको मोबाइल पसलमा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, निजले पेस गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु विक्री गर्दा बिल विजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाइ अवैध (लुज) बिल विजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल विजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको देखिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया