बुधबार, जेठ १, २०८२

बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

नेपालखोज २०७८ साउन २० गते ७:१२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा तोकिएकै मितिमा हुने जनाएका छन् ।

साउन ३१ देखि जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा हुने भएकाले बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न उनले सबै विद्यार्थीलाई आग्रहसमेत गरे ।

परीक्षाको तयारी भइरहेको र कुनै कारण देखाएर नरोकिने उनको भनाइ छ । गत जेठमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणका कारण हुन सकेको थिएन ।

प्रतिक्रिया