बिहीबार, वैशाख १३, २०८१

यूएईले हटायो नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध

नेपालखोज २०७८ साउन २० गते ७:५७

नयाँदिल्ली । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

कोभिड-१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा छन् ।

यूएईको ‘नेसनल इमरजेन्सी एन्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्‌विटरमार्फत जारी गरेको सन्देशमा भनिएको छ, ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवासीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।’ तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ ।

मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन । संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो ।
तस्बिर : गल्फन्युज
रासस/एएनआई

प्रतिक्रिया