‘कोभिड नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले सहकार्य गरेर जानुपर्छ’
नेपालखोज
२०७८ साउन २० गते ९:३९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मंगलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्ने बारे छलफल भएको हो ।
भेटमा गृहमन्त्री खाणले कोभिड-१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।
गृहमन्त्री खाणले भेटमा संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।
सम्बन्धित

प्रतिक्रिया