नगदसहित २१ जुवाडे पक्राउ
नेपालखोज
२०७८ साउन २० गते १०:०७

काठमाडौं । ओखर र नगदसहित २१ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार काठमाडौं महानगरपालिका १५, विजेश्वरी इलाकामा अवैध रुपमा पैसाको हारजित हुने गरी ओखर खेरिरहेको भन्ने गोप्य सूचना महानगरीय प्रहरी परिसर काठमाडौंमा प्राप्त हुना साथ विशेष टोली परिचालन गरेकाे थियाे ।
विजेश्वरी स्थित प्रकाश शाहीले आफ्नो घरको चौथो तल्लाको कोठामा ओखर हान्ने स्थानसमेत बनाई २१ जना भेला जम्मा ओखर हानिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान र कारबाही गर्न वृत्त स्वयम्भूमा बुझाइएको परिसरले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया