‘दार्चुला घटनामा भारतले तत्काल क्षमा माग्नुपर्छ’

नेपालखोज २०७८ साउन २० गते १३:५६
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले तत्काल सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा श्रेष्ठले भारत सरकारले अमानवीय कार्यप्रति क्षमायाचना गर्नुपर्ने बताएका हुन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले नेपाल सरकारले छानबिन समिति गठन गरेर परिपक्व कूटनीतिक समाधान गरे पनि पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

प्रतिक्रिया