‘सरकारले मेराे राजीनामा माग गरेकाे हाेइन वैकल्पिक व्यवस्थाबारे सोधेकाे हाे’
नेपालखोज
२०७८ साउन २० गते १६:०४

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग नगरेकाे तर वैकल्पिक व्यवस्थाबारे सोधिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।
पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताएका छन् ।
प्राधिकरणमा आफू आएपछि धेरै काम भएकाे तर नभनेकाले काम नगरेको जस्तो देखिएको बताएका छन् । सरकारले जुन स्थानमा खटाए पनि आफु काम गर्न तयार रहेको भन्दै उनले महामारीको बीचमा प्राधिकरणमा बसेर आफुले उल्लेख्य काम गरेको बताए ।
सम्बन्धित

प्रतिक्रिया