‘प्रतिनिधि सभा विघटनमा ओली मात्रै हाेइन सबै राजनीतिक पार्टी र नेता जिम्मेवार’

नेपालखोज २०७८ साउन २० गते १६:४२
फाइल तस्बिर

काठमाडाैं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए ।

सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानबिन गर्नुपर्ने बताए ।

श्रेष्ठले प्रतिनिधि सभा विघटनको प्रमुख नायक पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताए ।

मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यस अघि सरकार चलाउनेहरु पनि भएको उनले जिकिर गरे ।

यस विषयमा आत्मसमिक्षा गरेर आफूलाई सुधार्दै जानुपर्ने उनले बताए । सांसद श्रेष्ठले सरकारलाई बाढी पीडितहरुका लागि तत्काल राहत प्याकेज ल्याउन माग पनि गर्नुभयो ।

प्रतिक्रिया