चाैबीस घण्टामा ४ हजार १०७ संक्रमित थपिए, ३५ जनाको मृत्यु

नेपालखोज २०७८ साउन २० गते १६:५७

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ४ हजार १०७ जना कोराेना संक्रमित थपिएका छन् । साेही १ हजार ५३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ विभिन्न प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणबाट २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षणबाट ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चाैबीस घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेकोे छ । 

प्रतिक्रिया