मंगलबार, वैशाख ११, २०८१

पोषणयुक्त भोजनका लागि किन तड्पिरहेको छ विश्व ?

नेपालखोज २०७८ साउन २१ गते ७:३४

काठमाडौं । सक्रिय र स्वस्थ जीवनका लागि पोषणयुक्त भोजन अत्यावश्यक छ । यद्यपि संसारका तीन सय करोड मानिस अर्थात् पृथ्वीको कुल जनसंख्याको ४० प्रतिशतसँग यति पैसा पनि छैन कि उनीहरु आफ्ना लागि पोषणयुक्त भोजनको खर्च उठाउन सकुन् ।

यो कुरा २६ देखि २८ जुलाईसम्म इटलीको रोममा चलेको युनाइटेड नेसन्स फुड सिस्टम समिट-२०२१ का क्रममा जारी रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्ट फुड प्राइसेज फर न्युट्रिसन, टफ्ट्स युनिभर्सिटी तथा वर्ल्ड फुड प्रोग्रामले संयुक्त रूपमा तयार गरेका हुन् । रिपोर्ट भन्छ- स्वस्थ भोजनको अभावका कारण संसारभर अनेक किसिमका बिमारीसमेत बढिरहेको छ ।

पोषणयुक्त भोजनका लागि खर्च गर्न नसक्ने भएका कारण नै धेरैजसो मानिस स्वस्थ भोजनबाट वञ्चित छन् । यसका लागि कृषि उत्पादनको बजार मूल्य मात्र जिम्मेवार छैन । भोजन तयार गर्न लाग्ने अन्य खर्चले पनि पोषक खानेकुराको मूल्य निकै बढाइरहेको छ ।

उक्त रिपोर्टमा १६८ देशमा लाग्ने भोजनको मूल्यको आकलन गरिएको थियो । रिपोर्टअनुसार दालयुक्त भोजनको सबैभन्दा सस्तो थालीको मूल्य शून्य दशमलव ७१ यूएस डलर पर्छ । उक्त मूल्यमा भोजन पकाउने लागत सामेल गरिएको छैन । यद्यपि यो थालीले पोषणयुक्त भोजनको आवश्यकता भने पूरा गर्दैन । यदि यो थालीमा प्रोटिनयुक्त रातो मासु समावेश गर्ने हो भने त्यसको मूल्य बढेर १ दशमलव ०३ डलर पुग्छ ।

अफ्रिका देश बुरुन्डी, इथियोपिया, केन्या, रुवान्डा, तान्जानिया तथा युगान्डाको तथ्यांकअनुसार प्रतिप्लेट खानामा लाग्ने खाद्य पदार्थको खर्चको ५० प्रतिशतभन्दा बढी त इन्धनमा खर्च हुन्छ ।

यस्तै कुखुराको मासु समावेश गर्दा ०७ डलर तथा माछा समावेश गर्दा थालीको मूल्य १ दशमलव ३० यूएस डलर हुन्छ (यो रिपोर्टमा प्रस्तुत गरिएको अन्तर्राष्ट्रिय मूल्य हो) ।

रिपोर्टअनुसार, यदि बेसिक थालीको साटो बिन्स, माछा, टमाटर, ब्रेड आदि खाने हो भने त्यसको मूल्य परम्परागत थालीभन्दा लगभग दोब्बर अर्थात् १ दशमलव ७७ डलर लाग्न सक्छ । यदि यसमा रेड मिट, पोल्ट्री वा माछा सामेल गर्ने हो भने त्यसको मूल्य सामान्य रुपमा १ दशमलव ३० डलरसम्म वृद्धि हुनसक्छ ।

रिपोर्टमा भनिएको छ- अन्तर्राष्ट्रिय तथ्यांकअनुसार गरिबीको रेखामुनि जीवन गुजार्नेहरुको आय १ दशमलव ९ डलर प्रतिदिन मात्र छ । त्यसैले गरिब परिवार भोजनमा त्यति पैसा खर्च गर्न सक्षम छैन । संसारका एकचौथाइ देशमा खानेकुरा त्यति सस्तो पनि छैन । ती देशमा सबैभन्दा सस्तो थालीको मूल्य उनीहरुको प्रतिदिनको औसत आयको तुलनामा ६ प्रतिशतभन्दा बढी छ । पकाइएको वा रेडिमेड खाना खाँदा उक्त मूल्य सामान्यतः २० प्रतिशतसम्म बढ्छ । यदि मासुलाई समेत सामेल गर्ने हो भने खानाको मूल्य थप १० प्रतिशत वृद्धि हुन्छ । यस्तो स्थितिमा मानिसहरु गुणस्तरीय भोजनबाट आफैं टाढा हुन पुग्छन् ।

भोजनको अदृश्य लागत
भोजनको मूल्य बढाउनमा इन्धनको ठूलो भूमिका छ । रिपोर्टअनुसार ५ सयग्राम खाना तयार गर्न शून्य दशमलव ६७५ ग्राम चारकोल वा शून्य दशमलव २ किलो ग्यास (एलपीजी) वा १ दशमलव ५ किलोवाट प्रतिघण्टा बिजुलीको आवश्यकता पर्न सक्छ ।

थालीका हिसाबले एउटा थाली तयार गर्न ७७ ग्राम चारकोल वा २३ ग्राम एलपीजी वा शून्य दशमलव १७ किलोवाट प्रतिघण्टा बिजुलीको आवश्यकता पर्छ । अफ्रिका देश बुरुन्डी, इथियोपिया, केन्या, रुवान्डा, तान्जानिया तथा युगान्डाको तथ्यांकअनुसार प्रतिप्लेट खानामा लाग्ने खाद्य पदार्थको खर्चको ५० प्रतिशतभन्दा बढी त इन्धनमा खर्च हुन्छ ।

उदाहरणका लागि इथियोपियामा एक प्लेट खाना तयार गर्न १७ यूएस सेन्टबराबरको खाद्य पदार्थ लाग्छ भने एलपीजीमा त्यसलाई पकाउन करिब १२ यूएस सेन्ट खर्च गर्नुपर्ने हुन्छ । रुवान्डामा खाद्य सामग्रीको तुलनामा त्यसलाई पकाउन प्रयोग हुने बिजुली तथा एलपीजीको खर्च बढी छ । युगान्डामा पनि एलपीजीको मूल्य खाद्य सामग्रीको मूल्यको तुलनामा बढी नै छ ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार/लेखहरुमा आधारित)

प्रतिक्रिया