शुक्रबार, जेठ ४, २०८१

पहिरोले सिँचाइ कुलो, खानेपानीको पाइप र होटेल बगायो

नेपालखोज २०७८ साउन २१ गते ९:११

सिमकोट । केही दिनदेखिको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका २, तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मंगलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी-पहिरोले तुम्कोट गाउँनजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो ।

वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ । पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गासमेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामा जानकारी दिए । उनका अनुसार धेरै समयअगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन । एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा खानेपानीको समस्या भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटेलसमेत बाढीपहिरोले बगाएको स्थानीय लेन्डो मिग्युर लामाले बताए । खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताए । गाउँ नै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजक छेपाल दोर्जे लामाले बताए । -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया