मंगलबार, वैशाख १८, २०८१

तौलिहवाको करदाता सेवा कार्यालयमा सिभिलको एक्सटेन्सन काउन्टर

नेपालखोज २०७८ साउन २२ गते ८:०५

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले तौलिहवा १, कपिलवस्तुमा रहेको करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

एक्सटेन्सन काउन्टरको उद्घघाटन आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे । एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादिन कुर्मी तथा उपाध्यक्ष सन्दीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोजप्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायतको उपस्थिति थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिलको एक्सटेन्सन काउन्टरमार्फत सजिलै गर्न सक्नेछन् । करिब ६ लाख ग्राहकलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले योसहित १० एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ । जसमध्ये कर तथा राजस्व संकलन गर्न ६ वटा स्थापित गरिएको हो । बैंकका ८६ एटीएम काउन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया