ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडाैं । पुरातात्विक धार्मिक महत्वको बहुमुल्य ग्रन्थ हो भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनि देखाएर ठगी गरेको अभियोगमा नुुवाकोटको शिवपुरी गाउँपालिका घर घई काठमाडौको माकलबारी बस्दै आएका २० वर्षे आशिष लामा तामाङ र भोजपुरको रामप्रसाद गाउँपालिका घर घई हाल चावहिलको सरस्वती नगर बस्ने ३० वर्षिय रजिनलाई राईलाई पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार बौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भने देखाई झुक्याई सर्वसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने समुहको खोजतलास गर्ने क्रममा यही साउन १४ गते उदयपुर घर भई हाल काठमाडौंको गोर्कर्णेश्वर आरुबारी बस्ने हेम प्रकाश मगरलाई प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको तीन करोड ८५ लाख रुपैयाँँमा खरिद गर्ने भनि बहाना बनाई झुक्यानमा पारी हेमप्रकाश मगरको साथबाट १३ लाख ७९ हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेका तामाङ र राईलाई यही साउन २१ गते काठमाडौंको गोर्कणेश्वर आरुबारीबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका दुवै व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरी प्रहरी परिसर टेकुु पठाईएको महाशाखाले जनाएको छ । उनीह्रुको साथबाट बौद्ध धर्मको पुरातात्विक ग्रन्थ र मोवाईल एक थान बरामद भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया