चौबीस घण्टामा थप ३,७२९ जनामा संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो !

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने थप १ हजार ८८५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
चौबीस घण्टामा देशभरबाट ६ हजार १८२ जनाको एन्टिजेन र ९ हजार ४९३ जनाको पीसीआर गरि जम्मा १५ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टीजेन विधिबाट ६७ हजार ८० पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।
त्यस्तै चौबीस घण्टामा थप १ हजार ८८५ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार १९ पुगेको छ ।

प्रतिक्रिया