शुक्रबार, फागुन ११, २०८०

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा भीषण आगलागी, निभाउने प्रयास जारी

नेपालखोज २०७८ साउन २३ गते ७:२५

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट उद्योगमा शुक्रबार राति २ बजेदेखि लागेको आगो निभाउने प्रयास अहिले पनि जारी छ ।

आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया