शुक्रबार, असार १३, २०८२

अमेरिकामा बेरोजगारीदर घट्यो, खोपले महामारी नियन्त्रणमा आउन थालेको दाबी

नेपालखोज २०७८ साउन २३ गते ९:५५

काठमाडौं । अमेरिकी अर्थतन्त्रमा सुधारको संकेत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको सरकारी अद्यावधिक तथ्यांकमा उल्लेख छ।

महामारीका कारण उद्योगहरूले गरेको कष्टकर संघर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन्। केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकले भने बेरोजगारीको दरमा आधा अंकले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ।

कोभिड–१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियन्त्रणको बाटोमा ल्याइएको सरकारको दाबी छ।

प्रतिक्रिया