बुधबार, असार १८, २०८२

चौबीस घण्टामा ३ हजार २१८ संक्रमित थपिए, १९ जनाकाे मृत्यु

नेपालखोज २०७८ साउन २३ गते १७:००

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७२२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८६६ जनाको पीसीआर परीक्षणबाट २ हजार २३१ र ४ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९८७ जना गरी जम्मा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ६७ हजार २७० जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ४४३ र आइसोलेसनमा ३५ हजार ४३२ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख १२ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया