बिहीबार, मंसिर २७, २०८१

सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्वारा निन्दा

नेपालखोज २०७८ असोज ६ गते १३:०८


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् ।

उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक ‘कू’ को प्रयास नगर्न आग्रह गरेका हुन् ।

उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक संक्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिवद्धताहरुमा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरे । रासस/सिन्ह्वा

प्रतिक्रिया