देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालखोज २०७८ साउन २४ गते ७:५६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघजर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौंलगायत केही स्थानमा आज सामान्य वर्षाको सम्भावना छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, पहिरोको जोखिम पनि छ । विभागले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया