सत्ता गठबन्धनको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सत्ता गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज (आइतबार) सार्वजनिक गरिने भएको छ ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । प्रतिवेदन ११ बुँदामा समेटिएको छ ।
सत्ता गठबन्धनले शान्तिप्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (शनिबार) बसेको सत्ता गठबन्धनको बैठकले आज (आइतबार) उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो । कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया