टोकियो ओलम्पिकको समापन, आज १३ स्वर्णका लागि स्पर्धा हुने
नेपालखोज
२०७८ साउन २४ गते १२:१६

काठमाडौं । गृष्मकालीन ओलम्पिक प्रतियोगिता २०२० को आज (आइतबार) समापन गरिँदै छ । ३३ वटा खेलका ३३९ स्वर्ण पदकको आज छिनोफानो हुने भएको छ ।
अन्तिम दिन आज १३ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजकका अनुसार आज पुरुष म्याराथन, महिला बास्केटबल, बक्सिङ, साइक्लिङ, ह्यान्डबल, भलिबल, जिम्न्यास्टिक र वाटर पोलोका खेल हुनेछन् ।
हालसम्म पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनले ३८ वटा स्वर्ण प्राप्त गरेको छ । यस्तै ३१ रजत र १८ कास्य पदकसहित कुल पदक संख्या ८७ पुर्याएको छ । अमेरिका ३६ स्वर्ण पदकसहित दोस्रो स्थानमा छ । अमेरिकाले ३९ रजत र ३३ कास्यसहित १ सय ८ कुल पदक प्राप्त गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया