वामदेवले भने- जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन, रोजगारी सिर्जना गरौं

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जग्गा बाँडेर भूमिहीनको समस्या समाधान नहुने बताएकाछन् । राष्ट्रिय सभाको बैठकमा नेता गौतमले सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न भूमिसुधार लागु गर्नुपर्ने तर्क गरेका छन् ।
चलनचल्तीको भाउमा व्यक्तिको जग्गा सरकारले किनेर भूमि उपयोगको नीति बनाउन सुझाव दिँदै उनले भने, ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरी मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरी मानिस सुकुम्बासी हुँदैहुँदै जाने हुन्छ ।’
जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गरेका छन् ।
सबै भूमिहीनलाई जनही पाँचरपाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने उनले बताए ।

प्रतिक्रिया