एमाले स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ साउन २५ गते ८:५१

काठमाडौं । नेकपा (एमाले) स्थायी र केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । बैठक आज (सोमबार) बिहान ११ बजे बस्नेछ । यस्तै केन्द्रीय कमिटी बैठक पनि आजै दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर हिजो (आइतबार) का लागि तोकिएको बैठक एक दिनपछि सारिएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टीको दशौं महाधिवेशन गर्न आवश्यक तयारीका लागि भन्दै एमालेले बैठक बोलाएको हो ।
-फाइल तस्बिर
सम्बन्धित

प्रतिक्रिया