शनिबार, जेठ ४, २०८२

सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ कारोबार

नेपालखोज २०७८ साउन २५ गते ११:२१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया