बिहीबार, वैशाख २०, २०८१

मञ्जुश्री फाइनान्सको आव ७७/७८ मा ५६ करोड ८१ लाख मुनाफा

नेपालखोज २०७८ साउन २५ गते १५:१०

काठमाडौं । मञ्जुश्री फाइनान्सले व्यवसायीक छलाङ मारेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/०७८ मा ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०७७/०७८ मा आठ अर्ब ९१ करोड १७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २० करोड ५० लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २८ करोड ११ लाख सात हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा भने ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८८ करोड २९ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ३९ करोड ३७ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५१ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया