बिहीबार, वैशाख २०, २०८१

हिमालयन रिमा अनियमितताको आशंकामा अख्तियारद्वारा कागजाज नियन्त्रण

नेपालखोज २०७८ साउन २५ गते १५:२२

काठमाडौं । हिमालयन रिको दर्ता सम्बन्धी आवस्यक कागजता अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

नेपालको दोस्रो पुनर्बिमा कम्पनीको रुपमा सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको उक्त कम्पनीको दर्ता प्रकृयामा नै करोडौं रुपैयाँको घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको हो ।

तत्कालीन अर्थमन्त्री बिष्णु पौडेल, तत्काली अर्थसचिव शिशिर कुमार ढुंगाना, उच्चस्तरीय बित्तीय क्षेत्र समन्वय महाशाखाका प्रमुख दिर्घराज मैनाली, बीमा समितीका अध्यक्ष सुर्यप्रसाद सिलवाल, संञ्चालकहरु झक्क प्रसाद आर्चाय, फणिन्द्र गौत्तम, कपिलदेव ओली र किरण कुमार श्रेष्ठको संलग्नतामा तीन अर्ब रुपैंयाँ भन्दा बढीको लेनदेन गरी हिमालयन रिलाई सञ्चालनको लागि अनुमती दिईएको भन्दै अख्तियारले फाइल नियन्त्रणमा लिएको हो, श्रोतको दाबी छ । कम्पनीमा शंकर ग्रुप र शेखर गोल्छाको प्रमुख सेयर लगानी रहेको छ ।

उक्त कम्पनीलाई अनुुमती दिँदा अनियमिता भएको आशंका गर्दागर्दे बिमा समितीका अध्यक्ष सुर्य प्रसाल सिलवालले हतार हतारमा कम्पनीलाई सञ्चालनको लागि सैद्धान्तिक अनुुमती दिएका थिए ।

यसरी हतारमा अनुमती दिनुुको पछाडि अर्बो रुपैयाँको कमिशनको खेल भएको भन्दै अख्तियारले हिमालयन रिका बिषयमा बिमा समितीमा नै छापा मारेर आवस्यक कागजात नियन्त्रणमा लिएको जानकारी श्रोतले दिएको छ ।

कम्पनीमा ३२ दशमलव ६८ प्रतिसत सेयर कोभिड १९ को महामारीको अवधिमा थर्मल गन तस्करीमा पक्राउ परेका सुलभ अग्रवाल र उनका भाइ शाहिल अग्रवालको रहेको छ । यीसहित कम्पनीमा एक सय छ जना संस्थापक सेयरधनीहरुको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको छ ।

प्रतिक्रिया