सर्वोच्चद्वारा जसपा एकता खारेजीको मागमा अन्तरिम आदेश दिन अस्वीकार

नेपालखोज २०७८ साउन २५ गते १६:३०

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजीको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।

यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

प्रतिक्रिया