शनिबार, वैशाख २२, २०८१

संसारकै सबैभन्दा धनी बर्नार्ड अर्नाल्ट, पछाडि परे जेफ बेजोस

नेपालखोज २०७८ साउन २६ गते ९:०५

काठमाडौं । लामो समयदेखि संसारकै सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थान ओगट्दै आएका अमेजनका संस्थापकलाई पछाडि धकेल्दै लुइस भिटन कम्पनीका मालिक बर्नार्ड अर्नाल्ट संसारकै एक नम्बरको धनीमा उक्लिएका छन् । अहिले बर्नार्ड फोर्ब्सद्वारा जारी संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा छन् ।

कसरी भए १ नम्बरका धनी ?
बर्नार्ड अर्नाल्टको कम्पनी लुइस भिटनले केही समययता लगातार राम्रो व्यापार गरिरहेको छ भने उनको कम्पनीको सेयर पनि निकै माथि पुगेको छ । सेयरमा आएको उच्छलसँगै कम्पनीको भ्यालु पनि बढेको छ । यिनै कुराको फाइदा उठाउँदै बर्नार्ड अर्नाल्टले फोर्ब्सको धनीहरुको सूचीमा जेफ बेजोसलाई पछाडि पार्न सफल भएका हुन् ।

बर्नार्ड अर्नाल्टको व्यापार
बर्नार्ड अर्नाल्टको कम्पनी लुइस भिटन फ्रान्सेली कम्पनी हो । यो पूरै संसारभर फैलिएको प्रसिद्ध कम्पनी हो । यो कम्पनीले कपडा, कस्मेटिक्स, फेसन एसेसरिज, घडी, पर्फ्युम, गहना, वाइन, पर्स आदि उत्पादन/निर्माण गर्दै आएको छ । लुइस भिटनका उत्पादन संसारभर लोकप्रिय छन् ।

बर्नार्डको सम्पत्ति
फोर्ब्सका अनुसार बर्नार्डसँग १९ हजार ८ सय ९० करोड डलरबराबरको सम्पत्ति छ । फोर्ब्सको सूचीमा दोस्रो नम्बरमा धकेलिएका जेफ बेजोसको कुल सम्पति १९ हजार ४ सय ९० डलर रहेको बताइएको छ । फोर्ब्सका अनुसार बर्नार्ड यसअघि २०१९, २० र २१ का विभिन्न महिनामा तीनपटक संसारकै सबैभन्दा धनीको स्थानमा पुगिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया