ओलीकाे प्रश्न- एमसीसी बिर्सिनुभो कि क्या हो ?
नेपालखोज
२०७८ साउन २६ गते १४:५४

नेकपा (एमाले)का अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले न्युनतम साझा कार्यक्रममा एमसीसीको विषय हराएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले साझा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चुप रहेको बताए । ‘एमसीसीको बारेमा साझा न्यूनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो कि क्या हो ?,’ उनले सोधे, ‘के गर्नुहुन्छ एमसीसी तपाईँ ?’ ओलीले मिचिएका भूमिबारे स्पष्ट नबोलेको भन्दै आपत्ति पनि जनाए ।
सम्बन्धित
प्रतिक्रिया