‘प्रचारबाजी बजेट चिर्दै आर्थिक परिसूचक सुधार्छु’

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र (आर्थिक जानकारी पत्र) सार्वजनिक गरेका छन् । संघीय प्रतिनिधिसभा बैठकमा श्वेतपत्र पढेर सुनाउँदै मन्त्री शर्माले प्रचारबाजी बजेटलाई चिर्दै आर्थिक परिसूचक सुधार गर्ने बताए ।
उनले अघिल्लो सरकारले २०७४ मा जारी गरेको आँकडा र अहिलेको आँकडलाई तुलना गर्दै उनले अर्थतन्त्रको संरचनामा परिवर्तन हुन नसकेको बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री शर्माले आर्थिक वर्ष ०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग एवं सेवा क्षेत्रको योगदान क्रमशः २६.८ प्रतिशत, १४.६ प्रतिशत र ५८.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा यी क्षेत्रहरुको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान भएको उल्लेख गरे ।
यसबाट अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन नआएको प्रस्ट हुने उनको भनाइ छ ।
प्रतिक्रिया