बुधबार, जेठ १, २०८२

खेलाडीलाई कोरोना खोप

नेपालखोज २०७८ साउन २६ गते १६:५७

काठमाडाैं । अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झन्डा बोक्ने खेलाडी यति वेला खेलकुदका प्रतियोगिता आयोजना हुन सक्दा फुर्सदिला छन् । तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् ।

केही खेलाडीले आफ्नै पहलमा खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको राखेपले बताएको छ ।

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ ।

पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए ।

अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए ।

कोरोनाविरुद्धको खोपबाट अहिले सम्म ७ सय भन्दा बढि खेलकुदसँग जोडिएका पदाधिकार र खेलाडीले लगाइसकेका छन् । तत्कालै आयोजना हुने खेलका लागि पहिलो प्राथमिकता दिइएको छ भने बाँकी खेलका पदाधिकारीले पनि लगाइसकेको राखेपले जनाएको छ ।

प्रतिक्रिया