बिहीबार, वैशाख २०, २०८१

नाडाको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित

नेपालखोज २०७८ साउन २६ गते १७:२७

काठमाडौं । नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । यही साउन १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको केन्द्रीय कार्य समितिको १३औं बैठकले नाडाको ४५औं वार्षिक साधारण सभा तथा २१औं निर्वाचन २०७८ साल भाद्र २५ गते सोल्टी होटेल, काठमाडाैंमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

उक्त सन्दर्भमा सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन मिति २०७८/०४/१९ मा काठमाडाैं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा सो कार्यालयले मिति २०७८/०४/१९ मा कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहरसमेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सुचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको नाडाले जनाएको छ ।

प्रतिक्रिया