शुक्रबार, वैशाख २१, २०८१

मोडल तथा कोरियोग्राफर धीरजले थाले अनलाइन सपिङ

नेपालखोज २०७८ साउन २७ गते ७:४७

काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष तथा सञ्चालक धीरज तण्डुकारले ‘झिगु सपिङ’ नामक अनलाइन सपिङ सुरु गरेका छन् ।

पुराना मोडल तथा कोरियोग्राफर धीरज र फोटोग्रफर अमृत त्यातले संयुक्त रूपमा साउन २६ गते मंगलबारबाट सुरु गरेको यो सपिङ सेवामार्फत सेवाग्राहीले आफू बसेकै स्थानमा गुणस्तरीय सामान बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सक्नेछन् ।

अगस्त २५ तारिखसम्म १५ दिनका लागि प्रत्येक सामानमा १० प्रतिशत छुट दिइने सञ्चालक धीरजले जानकारी दिए । ‘यो अफर उद्घाटनको अवसर पारेर दिइएको हो,’ उनले भने, ‘अहिले मानिसहरू निकै व्यस्त छन् । त्यसैले घरमै बसीबसी आफूलाई आवश्यक पर्ने सामान गरिद गर्न सकून् भन्ने उद्देश्य राखेर यो सेवा सुरु गरेका हौं । यसबाट सेवाग्राहीले समय र पैसा दुवै बचत गर्न सक्नेछन् ।’

हाललाई यो सपिङ सेवामार्फत उच्च गुणस्तरका होम एप्लाइन्सेस, किचेनका लागि आवश्यक सामान, इलेक्ट्रोनिक सामान, केटाकेटीका लागि खेलौना, सबै उमेर समूहका लागि नयाँनयाँ डिजाइनका कपडालगायत सामग्री उपलब्ध छन् ।

ग्राहकको चाहना र आवश्यकताअनुसारका कुनै पनि सामान थप गर्दै जाने योजना रहेको धीरजले जानकारी दिए । यो सेवाबाट घरमै बसीबसी आफूले खोजेजस्तो सामान उपलब्ध हुने र समयको बचत हुने उनको भनाइ छ । ९८५१०७५४९३ र ९८४१४४१४७१ मा फोन गरेर वा फेसबुक पेजमा म्यासेज गरेर आफूलाई आवश्यक सामान अर्डर गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया