शनिबार, जेठ ५, २०८१

नेपालको रिटेल चेन इतिहासमा पहिलो पटक साथीमार्टको १०० औं शाखा, महानायक हमालले गरे उद्घाटन

नेपालखोज २०७९ वैशाख २० गते २१:१०

काठमाडौं । २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै ’फास्टेस्ट ग्रोइङ रिटेल चेन’ साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गरेको छ । आजदेखि सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक भएको कम्पनी भएकाले आफू जोडिएको बताए । ललितपुरको सानेपा खरिबोटमा संचालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत ’को को मोडल’ मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध छन् ।

सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइटमा गएर वा एप स्टोरमा उपलब्ध एपमार्फत आफूलाई चाहिएको सामान रोजि निःशुल्क डेलिभरी मगाउन सकिन्छ । साथी मार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामकरुपमा आफ्नो ब्यापार बिस्तार गर्न ’साथी पार्टनस’ कम्पनीसमेत घोषणा गरेको छ । यो एक इन्भेस्टमेन्ट कम्पनी हो, जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केही प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरु लाई अझ प्रोत्साहन गर्दछ ।

साथीमार्ट आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यातसमेत गर्ने बताइएको छ ।

२०७८/७९ आर्थिक वर्षमा २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्न ओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ । साथीमार्टका आउटलेट पुर्वमा झापादेखि पश्चिम कैलाली दार्चुलासम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठुला सम्पूर्ण सहरमा १०० आउटलेटसहित फैलिएको छ ।

हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सिर्जना गरेको पोख्रेलको भनाइ छ । कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको बताइएको छ ।

नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्टसँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ । विभिन्न रिटेल उत्पादन तथा ठूला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष्य प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया