अस्ट्रेलियामा आप्रवासीहरुको माग- बाबुआमा बोलाउन पाइयोस्

सिड्नी । अस्ट्रेलियाका आप्रवासीहरुले आफ्ना मातापितालाई पनि परिवारको हिस्सा मान्नुपर्ने माग गरेका छन् ।
कोभिडका कारण लागु गरिएको एउटा नियमका कारण यो मागको आवश्यकता परेको हो । यही विषयलाई लिएर अस्ट्रेलियाको एक राज्य साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा सानो प्रदर्शनसमेत भएको छ जसमा प्रदर्शनकारीहरुले बोकेको ब्यानर तथा पोस्टरमा लेखिएको थियो- ‘हाम्रा मातापिता निकटतम परिवारका हिस्सा हुन् ।’ अस्ट्रेलियामा यो ती लाखौं मानिसको माग हो जो महिनौंदेखि मातापितालाई ‘निकटतम परिवार’ को हिस्सा मान्नुपर्ने कुरा बताइरहेका छन् ।
वास्तवमा यो माग अस्ट्रेलियामा कोरोना भाइरसका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण उठेको हो । गएको वर्ष कोरोना भाइरसका कारण अस्ट्रेलियाले आफ्नो सीमा क्षेत्रभित्र आउन-जान रोक लगाएको थियो र त्यसक्रममा अनेकौं किसिमका प्रतिबन्ध लगाइएका थिए । ती प्रतिबन्धको एक नियममा अस्ट्रेलियाका स्थायी बासिन्दा तथा नागरिकहरुले विशेष परिस्थितिमा मात्र देश छोडेर बाहिर जान पाउने कुरा उल्लेख थियो ।
त्यसका साथै विदेशबाट ती व्यक्ति मात्र अस्ट्रेलिया प्रवेश गर्न सक्ने कुरा सरकारी निर्णयमा उल्लेख थियो । जसको परिवारका निकटतम् सदस्य अस्ट्रेलियामा बसोबास गर्छन् । अस्ट्रेलियाको गृह मन्त्रालयले दिएको परिभाषाअनुसार यो निकटतम् परिवारजनमा वयस्क मानिसका माता-पिता पर्दैनन् । अस्ट्रेलियाको गृह मन्त्रालयद्वारा प्रकाशित नियमावलीअनुसार पतिपत्नी, जीवनसाथी, माता-पितामा निर्भर शिशु वा वयस्क उमेर नपुगेका बालबालिकाका कानुनी अभिभावकहरु मात्र ‘निकटतम परिवारजन् हुन् अर्थात अस्ट्रेलियामा बसोबास गर्ने वयस्क मानिसका मातापिता उनीहरुका निकटतम् परिवारजन होइनन् । यो नियमका कारण कसैले पनि विदेशबाट आफ्ना मातापितालाई अस्ट्रेलिया बोलाउन सक्दैनन् । ‘अमानवीय स्थिति’ शीर्षकमा एडिलेडमा भएको प्रदर्शनीमा सामेल एक आप्रवासी अस्ट्रेलियाका नागरिक भन्छन्- ‘यो वास्तवमै अमानवीय कुरा हो । हाम्रा माता-पिता हामीसँग भेट्न, बस्न अस्ट्रेलिया आउन सक्दैनन् किनभने उनीहरु परिवारका निकटतम् सदस्यको श्रेणीमा पर्दैनन् ।’
मातापिता हामी सबैको परिवारका लागि उत्तिकै अहम् छन् जति यहाँ अस्ट्रेलियामा भएका ती परिवारका लागि छन्, जसका मातापिता यहीँ छन् । यो नियमका कारण लाखौं मानिसले आफ्ना आमाबुबासँग भेट्न पाएका छैनन् । बाहिरबाट अस्ट्रेलिया बोलाउने मात्र होइन अस्ट्रेलियाबाट बाहिर निस्कनसमेत नपाइने हुँदा मानिसहरु आफ्ना मातापितालाई भेटन जानसमेत वञ्चित छन् । अहिले अस्ट्रेलियाबाट बाहिरी मुलुक जानुपर्दा विशेष इजाजत लिनुपर्छ जसका सर्तहरू निकै कडा छन् । खास कुरा त अहिले विशेष आपत्कालीन परिस्थितिमा मात्र अस्ट्रेलिया छोड्ने अनुमति पाइन्छ । सर्तअनुसार कम से कम तीन महिनाभन्दा छोटो यात्रा गर्न पाइँदैन । अस्ट्रेलियामा भएका धेरैजसो आप्रवासी नोकरी गर्छन् र उनीहरुको पारिवारिक जिम्मेवारी अलग हुन्छ । यस्तो स्थितिमा यी सब काम-झमेला छोडेर तीन महिनाभन्दा बढी समयका लागि अस्ट्रेलिया छोडेर बाबु-आमा भेट्न जान सकिँदैन । विपक्षी दलका सांसदहरुले यो मागको समर्थन गर्दै संसद्मा आवाजसमेत उठाइसकेका छन् ।
गएको वर्षको नोभेम्बर र यो वर्षको फेब्रुअरी गरी दुई अलग-अलग निवेदन पनि संसद्मा प्रस्तुत गरिएका छन् । जसमध्ये एउटा निवेदनमा ७० हजारभन्दा बढीको हस्ताक्षर छ । उक्त निवेदनमा भनिएको छ- सम्मानित सदनसँग हाम्रो अपिल छ कि माता-पितालाई पनि अस्ट्रेलिया आउन पाउने श्रेणीमा सामेल गरियोस् । यदि त्यसो गर्न सकिँदैन भने माता-पितासँग भेट्न जाने छुट दिइयोस् ।
निर्दलीय सांसद जोली स्टिगलले पनि एक याचिका संसद्मा प्रस्तुत पेस गर्दै अनुरोध गरेका छन्- मातापितालाई ‘निकटतम् नाता’ को परिभाषामा समावेश गरियोस् । यता सरकारले भने एकभन्दा बढी पटक यो परिभाषा परिवर्तन गर्ने कुनै योजना नभएको कुरा बताइसकेको छ ।
प्रतिक्रिया