न्युयोर्कका गभर्नरमाथि ११ महिलाको शोषण गरेको आरोप, पदबाट दिए राजीनामा

वासिंटन । अमेरिकाको न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोओमाथि यौन उत्पीडनका कैयौं आरोप सत्य पाइएको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । उनले आरोप लागेसँगै पदबाट राजीनामा दिएका छन् ।
कुमोओविरुद्ध ११ महिलाले लगाएको यौन उत्पीडनको आरोप सत्य पाइएपछि उनी राजीनामा दिन बाध्य भएका हुन । गभर्नर कुमोओविरुद्ध विगत पाँच महिनादेखि महिलाहरुको यौन उत्पीडनसम्बन्धी आरोपको जाँच चलिरहेको थियो ।
उक्त जाँचको रिपोर्टमा भनिएको छ- गभर्नर कार्यालयको वातावरण काम गर्न अनुकूल छैन । गभर्नरविरुद्ध पहिलोपटक उत्पीडनको सार्वजनिक आरोप लगाउने महिलाप्रति बदलाको भावना राखेर कारबाही गरिएको कुरा पनि रिपोर्टमा उल्लेख छ । पीडित महिलाहरुले गभर्नर कुमोओले आफूलाई गलत नियतले छोएको, अंकमाल तथा छेडछाड गरेको, चुम्बन लिएको आदि आरोप लगाएका थिए ।
न्युयोर्क राज्यका महान्यायाधिवक्ता (अटार्नी जनरल) ले तयार पारेको उक्त रिपोर्टमा भनिएको छ- एन्ड्रयुले कानुनको उल्लंघन गरेका छन्, उनले यस्तो कार्य गरेका छन् जुन उनको पदको गरिमा र मर्यादाअनुकूल छैन ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए- मलाई लाग्छ उनले राजीनामा दिनुपर्छ । अमेरिकी राष्ट्रपति बाइडेनले यो छानबिनको परिणाम आउनु पहिले नै भनेका थिए यदि कुओमोले अनुचित तरिकाले काम गरेको पाइयो भने उनले राजीनामा दिनुपर्छ ।
गभर्नर एन्ड्रयु कुओमोले ती आरोपको खण्डन गर्दै आएका थिए । उनले आफ्नो बचाऊ गर्दै आफूले अनुचित तरिकाले काम नगरेको दाबीसमेत गर्दै आएका थिए ।
प्रतिक्रिया