शनिबार, जेठ ४, २०८२

सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ साउन २७ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला चार सय रुपैयाँले घटेर ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १५ रुपैयाँले घटेर १ हजार सय १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ सय २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया