‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छुु्’
नेपालखोज
२०७८ साउन २७ गते १५:०३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् ।
बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।
उनले भनेका छन्, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’
सम्बन्धित
प्रतिक्रिया